समाचार

उदयपुरमा पिकअप भ्यान दुर्घटना : एकको मृत्यु, दुईको अवस्था गम्भिर

उदयपुर / उदयपुरको बेलका नगरपालिका ७ मैनामैनी कुलुङमा आइतबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
को १ ज १६१५ नम्बरको पिकअप गाडी दुर्घटना हुँदा बेलका नगरपालिका ७ मैनामैनीका अन्दाजी २३ वर्षिय मनोज राईको घटना स्थलमा मृत्यु भएको छ ।

दुर्घटनामा गम्भिर घाइते बेलका ७ मैनामैनीका २७ वर्षिय अम्बर राई र बेलका ८ का ३५ वर्षिय चरकुमारी राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए । उनका अनुसार अम्बरको हात र छातीमा चोट लागेको छ भने चर कुमारीको टाउकोमा चोट लागेको छ ।

बेलका ७ की ३२ वर्षिय पिपल कुमारी राई सामान्य घाइते भएका छन् । घाइतेहरुको विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाईएको प्रहरीले जानकारी दिए । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *