समाचार
नेपालमा एकै पटक चार बच्चा जन्मिए पनि बाँचेका तीनको पछिल्लो अवस्था भने के छ ?
नेपालमै पहिलोपटक एकसाथ जन्मिएका चार बच्चाको बिचल्ली हुन नदिने समाजसेवी प्रकाश थारुले बताएका छन् । एकैपटक चार बच्चाको जन्म भएकोमा एक जनाको निधन भइसकेको छ भने बाँकी तीन जनाको बिचल्ली हुन नदिने समाजसेवी थारुले बताएका बताएका हुन् ।
तर परिवारका सदस्यले भने बाँकी तीन छोरीहरुको बिचल्ली भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्वर ३ निवासी सलिम गद्दी र नाज्मा खातुनको पहिलो सन्तानको रुपमा एकै पटक चार जना बच्चाको जन्म भएको हो ।

वीरगञ्जको हेल्थ केयर अस्पतालमा उनिहरुको जन्म भएको थियो । उनिहरुको अहिले सोही अस्पतालमा उपचार भईरहेको छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण उनीहरुको औषधी उपचारमा समस्या भएको सलिमले बताएका छन् ।
उनिहरुले आर्थिक अवस्था कमजोर भएकाले सकेको सहयोग गरिदिन सलिमका परिवारले सबैसँग आग्रह समेत गरेका छन् । ‘चारचार जना बच्चाको अहिले सिसाभित्र उपचार भईरहेको छ’ सलिम गद्दीकी आमा झोरा खातुनले भनिन्, ‘पैसा नभएर बच्चाहरुलाई घर ल्याउन सकिएको छैन ।’ बिहान बेलुकाको छाक टार्न समेत अहिले समस्या भएको उनले बताएकी छन् ।

