समाचार

जापानमा ट्रिपरको ठक्करबाट नेपाली युवती ममताको मृत्यु

जापानमा एक युवतीको ट्रिपरको ठक्करबाट मृत्यृ भएको छ । मृत्यृ हुनेमा ममता मोक्तान रहेकी छिन् । उनि अध्ययनको शिलशिलामा जापान गएकी थिइन । जापान नागोया मेकेनको योकाईची सिटीमा सोमबार बिहान साढे ९ बजेतिर साईकलमा विद्यालय जाँदै गरेकी ममतालाई ट्रिपरले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको हो।

ममता सन् २०१६ को अप्रिलमा भाषा अध्ययनका लागि विद्यार्थीको रुपमा जापानको ओकिनावा आएकी थिईन् । ममता दुई साता अघिमात्र नेपाल गएर नुवाकोटको शिवपुरी गाउँपालिका स्थायी घर भएका प्रेमी राम तामाङसँग बिवाह गरि जापान फर्केकी थिईन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *