समाचार
अग्रजहरुलाई काङ्ग्रेसले सम्मान गर्दै अगाडि बढनु पर्छ -: मन्त्री लामा

काभ्रेपलान्चोक । नेपाली काङ्ग्रेस काभ्रेले आफ्ना अग्रज नेताहरुसँग अन्तरक्रिया गरेको छ। शनिवार धुलिखेलमा एक कार्यक्रमकाे आयाेजना गरि अग्रज व्यक्तित्वहरुसँग छलफल चलाइएकाे थियो ।
उक्त कार्यक्रममा बागमती प्रदेशका खानेपानी तथा सिंचाइ मन्त्री तिर्थ लामाले नेपाली काङ्ग्रेस काभ्रेका अग्रज व्यक्तित्वहरुकाे प्रशंसा गर्नु भएको थियाे। अन्तरक्रिया कार्यक्रममा बाेल्दै मन्त्री लामाले जिल्लाका विभिन्न वडा र पालिका कमिटीमा विगत देखि वर्तमान सम्म रहेर सेवा पुर्याउने अग्रजहरु प्रती आभारी हुदै काभ्रे काङ्ग्रेस यहाँ सम्म आइपुगेकाेमा खुशि व्यक्त गर्नु भयो ।

नेपाली काङ्ग्रेस काभ्रेका सभापति समेत रहनु भएको मन्त्री लामाले पुराना नेता कर्याकर्ताकाे याेगदान र बलिदानले काङ्ग्रेसले शिर ठाडाे पारेर हिड्न सकेको बताउनु भयो । उहाँले भन्नू भयो ,” अग्रजहरुलाई सम्मान र आदर गर्दै नजानेकाे कुरा सिक्दै अगाडि बढनु पर्छ । ” आफू जिल्ला सभापति भएकोले काम गर्ने सिलसिलामा कहि कतै गल्ती कमजोरी भएमा अगुवाहरुकाे सुझावकाे अपेक्षा गर्नु भएको छ।
जिल्लाका विभिन्न पद र जिम्मेवारीमा रहेर काम गर्नु भएको युवा नेता कार्यकर्ताहरुले अग्रजहरुकाे सल्लाह सुझावकाे कदर गर्दै जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नु भएको थियोे ।
