समाचार
आज पनि मेघगर्जन सहित फाटफुट वर्षा हुने संभावना

आज सोमवार पनि विभिन्न भूभागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज देशको पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमका पहाडी भु–भागमा सामान्य बदली हुने तथा अन्य स्थानमा मौसम सफा रहने विभागले जनाएको छ।
विभागका अनुसार देशको पूर्वी र मध्य पहाडी भू–भागका थोरै स्थान र पश्चिमि पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।त्यसैगरी देशको पूर्वी र मध्य पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र बांकी भु–भागमा आंशिक बदली रहनेछ।
