समाचार

१३ जना बोकेको भारतीय वायु सेनाको जहाज हरायो

भारतीय वायु सेनाको एउटा जहाज सोमबार दिउँसो हराएको छ। पूर्वी भारतको असमको एक सैन्य बेस क्याम्पबाट ८ जना चालक दलका सदस्य र पाँच यात्रु बोकेको उक्त जहाज  सोमबार दिउँसो १ बजेदेखि हराइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उक्त जहाज अरूणाञ्चलको मेचुका उपत्यकाका लागि उडेको थियो।

टेक अफ भएको केहीबेरमै जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य भइरहेको छ।

मेचुका उपत्यका अरूणाञ्चलमा चिनियाँ सीमानजिकै पर्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *