समाचार

लोकमार्ग निर्माणमा अवरोध

बागलुङ,२२ माघ । अवरोध नहट्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बिहुँ खण्डको काममा असर परेको छ । सडक मापदण्डभित्र परेका घरटहरा, खानेपानीको पाइप र ट्याङ्की हटाउन र केही ठाउँका पीपलका रुखसमेत मास्न स्थानीयवासीले नदिएकाले सडक निर्माणमा अवरोध भएको हो ।

तेह्र किमीको उक्त खण्डमा १० किमी सडक ‘ग्राबेल’ भइसके पनि बाँकी तीन किमीको काम रोकिएको छ ।अवरोध हटेमा आउँदो जेठभित्रै कालोपत्र गर्न ठेकेदार कम्पनी तयार छ । अबरोध भएका ठाउँ छाडेर बीचबीचमा कालोपत्र गर्न नमिल्ने सिद्धीसाई प्रकाश कन्सट्रक्सनका सहायक प्रमुख पुष्पकुमार शाहीले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *