समाचार
स्थानीयले अब बाढीसँग डराउनु पर्दैन : सांसद चौलागाईं

फाल्गुन १४ साेमवार ,२०८०
काभ्रेपलान्चोक । जिल्लाकाे भुम्लु गाउपालिका वडा नम्वर १ सापिङ स्थित दलिनकाटे रिठ्ठेमा पुल शिलान्यास गरिएको छ । आज साेमवार गाँउपालिका अध्यक्ष प्रेम बहादुर भूजेल र उपाध्यक्ष जितेन्द्र मान तामाङ (दावा) काे संयुक्त उपस्थितिमा बागमती प्रदेशकी सांसद रुकु चौलागाईंले पुलकाे शिलान्यास गर्नु भएको हो ।
पुल नहुँदा स्थानीयबासिले आवत जावत गर्न समस्या भाेग्दै आएका थिए। साे पुल शिलान्यास गर्दै सांसद चौलागाईंले अब स्थानीयले खाेलामा बढेकाे बाढीबाट डराउनु नपर्ने बताउदै नागरिकले सुविधा पाउन लागेकाेमा खुशी व्यक्त गर्नु भयो ।
गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलले बन्न लागेकाे पुल करिब २करोड बराबरको लागत स्टमेट अनुसार काम सुरु हुन लागेको जानकारी दिनु भयो । उहाँले पुल निर्माणकार्यमा गुणस्तरीयता कायम गर्न कुनै पनि कसर बाँकी नराख्ने र पुल संघीय सरकारकाे समपुरक बजेट अन्तर्गत निर्माण हुन लागेकाे बताउनु भयो ।
स्थानीयहरुकाे बाक्लो उपस्थिति रहेकाे कार्यक्रममा पुल शिलान्यास भएसँगै निर्माण कार्यले गति लिने उपाध्यक्ष जितेन्द्र मान तामाङ( दावा) काे विश्वास रहेको छ। अक पुल निर्माण कार्य दूर्त गतिमा अगि बढ्नेछ भने निर्माण पश्चात बर्खाको समयमा ढुवानी र आवतजावतको क्रममा स्थानियबासी र विद्यार्थीहरुलाई भएको समस्याको अन्त्य हुने उहाँको दावी छ ।
कार्यक्रममा स्थानीयबासिका साथै विद्यार्थी ,शिक्षाक , नागरिक समाज र बुद्धिजीवीहरुकाे सहभागीता थियो ।

