समाचार
भुम्लुका जनताले भने भोट दिन्छौ, लालपुर्जा विहिन नबनाउनु होस

काभ्रे,
मंसिर चारको निर्वाचन नजिकिँदै गर्दा भुम्लुका जनता गोकुल बास्कोटाले बाचा पुरा नगरेको भनि गालि गरिरहेका छन्। उनिहरुले प्रश्न गरेका छन् , एमालेलाई भोट किन दिने ? अब बास्कोटालाई किन जिताउने? ताकि २०७४ को निर्वाचनमा जिताएर पठाएका बास्कोटाले केही काम गर्नु भएन।
२०३२ साल देखि विवादमा रहेको र हाल सम्म पनि समाधान हुन नसकेको जग्गा धनी प्रमाण पत्र ( लालपुर्जा) वितरण गर्ने काम हुन्छ भनि प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। नेता बास्कोटाले भन्नुभएको थियो- “अब बारिमा मलको डोको घोप्याउनु होस र डालोमा मकै भर्नुहोस् , ढुक्कसँग बस्नुहोस् तपाईंहरुले लालपुर्जा पाउनु हुनेछ।” एक स्थानीयले आक्रोशित हुँदै भने।
अहिले गठबंधनका उमेरद्वारहरु भोट माग्न आउनुभएको छ तर तपाईंलेहरुले पनि लालपुर्जा वितरण गर्ने काम गर्नु हुन्छ भन्ने के ग्यारेन्टी छ ? उनिहरुको प्रश्न थियो।
भुम्लुको वडा नम्बर ७ र ८ का जनता सधै पाँच पाँच वर्षमा नेताहरुसँग लालपुर्जा पाउने आशमा भोट दिन्छन तर लालपुर्जा कहिल्यै पाउदैनन । “हामिसँग खेत छ । बारि छ । घर छ। सबै कुरा छ तर हाम्रो स्वामित्व छैन ! सुकुम्बासी भनै भने सबै कुरा छ , सरकारलाई राजस्व पनि तिरेका छौ” – पुराना स्थानीय नेता तोरण बाहादुर क्षेत्रीले गुनासो गर्नुभयो।
गठबंधनका उमेरद्वार शिव प्रसाद हुमागाईले अब आफुलाई यो काम गर्ने अवसर दिन आग्रह गर्नुभएको छ। उहाँले भन्नुभयो – “यहाँको जस्तै ढुङखर्कमा पनि पुर्जाको समस्या थियो। २०५६ सालमा मैले जितेपछि लालपुर्जा दिलाउँछु भनेको थिएँ, त्यो गरें। आज यहाँका जनताको वचनको कोसेली लिएर जान्छु र जितेपछि लालपुर्जा कोसेली लिएर आउनेछु। यो मेरो वचन भयो भन्दै जनता सामु प्रतिबद्धता व्यक्त गर्नुभएको छ।”
प्रदेश सभाका अर्का उम्मेदवार लक्ष्मण लम्सालले ५ वर्षमा सक्दो पहल गरेको बताउनुभयो। हामीले यहाँ कार्यालय स्थापना गरेका छौं ।केही कामहरु अगाडि पनि बढेको हो, तर बाँकी काम प्राविधिक जटिलताका कारण अगाडि बढ्न सकेन। हामी निरन्तर लागिरहेका छौं, आगामी पाँच वर्षमा हामीदुबै उमेरदार मिलेर लालपुर्जा वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।

