
काठमाडौँ,६ मङसीर । मोरोक्कोकी एकजना महिलाले आफ्ना प्रेमीको हत्या गरी उनको शरिरका भागहरू संयुक्त अरब इमिरेट्समा कार्यरत पाकिस्तानी श्रमिकहरूलाई पकाएर खुवाएको अभियोजनकर्ताहरूले आरोप लगाएका छन्।
अभियोजनकर्ताहरूका अनुसार ती महिलाले आफ्ना प्रेमीको तीन महिनाअघि हत्या गरेकी थिइन्। त्यसको पत्तो भने हालसालै मात्र उनको ब्लेन्डरुमा मानव दाँत भेटिएपछि मात्र थाहा भएको थियो।
उनले प्रहरीसामु उक्त घटनालाई आफ्नो पागलपनुको रूपमा स्विकार गरेको त्यहाँको सरकारी पत्रिका द न्यास्नलले लेखेको छ।३० वर्ष आसपासकी ती महिलाले एउटा लामो अनुसन्धान र त्यसपछि अदालतको सामना गर्नुपर्नेछ।
मृतक व्यक्तिसँग उनी सात वर्षदेखिको प्रेम सम्बन्धमा थिइन्। द न्यासनलले लेखेको छ, उक्त व्यक्तिले मोरक्कोकै अर्की महिलासँग विवाहको तयारी गरिराखेको जनाएपछि हत्या गरेको बताएकी छन्।
प्रहरीले उनको हत्या कसरी भयो भनेर नखुलाए तापनि ती व्यक्तिका अंगहरू भात र मासुको मिश्रित परम्परागत परिकार तयार गरेर आसपासमा काम गरिराखेका पाकिस्तानी कामदारहरूलाई खुवाएको बताएको छ।पत्रिकाका अनुसार पीडकका भाईले उनलाई ओमनको सीमा नजिकैको अल अलिनस्थित शहरमा रहेको घरमा खोज्न गएपछि ब्लेन्डरभित्र दाँत फेला पारेका थिए।


