समाचार

पूर्वी युरोप को देश पोल्याण्ड भ्रमणमा राष्ट्रपति भण्डारीले रोयल क्यासल र संस्कृति तथा विज्ञान टावरको अवलोकन

काठमाडौँ, १७ मंसिर। पूर्वी युरोपको देश पोल्याण्ड भ्रमणमा रहेकि राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानी वार्सास्थित ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका धरोहरको अवलोकन गरेको समाचार प्राप्त भएको छ। उनले रोयल क्यासल र संस्कृति तथा विज्ञान टावरको अवलोकन गरेको समाचारहरुमा जनाईएको छ।

रोयल क्यासल सन् १६०० तिर राजा सिग्मण्ड तृतीयले निर्माण गरेको कलात्मक दरबार हो । विगतमा विभिन्न किसिमका आक्रमणमा परेको यो दरबारको अवलोकनका लागि विश्वका विभिन्न मुलुकबाट पर्यटक आउने गर्छ् ।

राष्ट्रपति अवलोकन गर्नुभएको संस्कृति तथा विज्ञान टावरसन् १९५५ मा निर्माण भएको हो । सो टावर रुसका तर्फबाट दिइएको उपहारका रुपमा चिनिएको छ । टावरको निर्माणका लागि रुस र पोल्याण्डका गरी करीब नौ हजार मानिस सहभागी रहेको जनाइएको छ । तीसभन्दा बढी तला रहेको सो टावरमा विभिन्न सांस्कृतिक तथा सार्वजनिक कार्यक्रम हुने गरेका छन् ।रासस

Comments

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *