समाचार
नुवाकोट २ मा नेपाली काङ्ग्रेसका प्रभावशालि नेता अर्जुननरसिंह के.शि.निर्वाचित

मंसिर, १०
नुवाकोट । नुवाकोट प्रतिनिधि सभा २ नम्बर क्षेत्रमा नेपाली काङ्ग्रेसका प्रभावशाली तथा वरिष्ठ नेता अर्जुन नरसिंह के .शि. निर्वाचित हुनु भएको छ।
गठबन्धनबाट साझा उम्मेदवार तथा पूर्वमन्त्री समेत रहनु भएका नेता के. शि. ले २८ हजार १०७मत प्राप्त गरि जित सुरक्षित गरि सक्नु भएको छ। उहाँका निकटतम प्रतिद्वन्दि राष्ट्रिय स्वतन्त्रत पार्टीका सुमन पाण्डेले १६४७७र एमालेका नारायण खतिवडा १५हजार ५६१ मतमा खुम्चिरहनु भएको छ।
नुवाकोट काङ्ग्रेसका बादसाह भनेर चिनिनु हुने नेता के.शि ले राष्ट्रिय स्वतन्त्रतका उम्मेदवार पाण्डेलाई पछाडि पार्नु भएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमन पाण्डेले १६हजार ९९१ मत प्राप्त गर्नु भएको छ
नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले पाएकाे मत परिणामलाई तुलना गर्दा काङ्ग्रेसका उम्मेदवार के.शि. हिजाे नै जीत नजिक पुगि सक्नु भएको थियो ।
नुवाकोट प्रतिनिधि सभा क्षेत्र २ मा जम्मा ६६ हजार ७३९ मत खसेकाे थियो।

