समाचार
अन्तत: रास्वपा सभापति रवि लामिछाने पक्राउ

कात्तिक २ शुक्रबार ,२०८१
काठमाडौं । अन्तत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राऊ गरेको छ। सहकारी ठगि प्रकरणमा अनुसन्धानका लागि भन्दै लामिछानेलाई पक्राउ गरिएको हो ।
सहकारी ठगि मुद्दामा यस अधि छविलाल जाेशिलाई प्रहरीले हिरासतमा लिई सकेको छ। लामिछानेलाई संसदिय छानवीन समितिले दाेषि ठहर गरेको थियो भने जाेशिकाे बयानकाे आधारमा पनि पक्राउ गरिएको श्राेतले बताएको छ।
लामिछाने पक्राउ पर्ने संकेत पाएपछि विपक्षी दलले सरकारकाे प्रतिवाद गर्ने भन्दै बैठक बसेका थिए। पक्राउ पर्नुअघि लामिछानेले संक्षिप्त सम्बोधन गरेका थिए । लगत्तै उनका समर्थकहरुले प्रधानमनत्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी लगाएका थिए।
आज साँझ फेसबुक मार्फत लामिछानेले सरकार मरेकाे र जुठाे परेको भनी ब्यङ्ग गरेका थिए । उनकाे फेसबुक स्ट्याटसमा सरकारलाई गालिकाे शैलिमा अन्य आराेप पनि लगाइएको छ।

