समाचार
चितवनले पनि माग्यो प्रदेश ३ को राजधानी, संसदमा प्रस्ताव दर्ता

२० जेठ, हेटौंडा । चितवन जिल्लाले पनि प्रदेश ३ को राजधानी माग गरेको छ । हाल हेटौंडामा अस्थायी राजधानी रहेको यस प्रदेशको स्थायी राजधानी माग गर्दै चितवनका १३ जना प्रदेश सांसदले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।
काभ्रे, रसुवा, नुवाकोट र भक्तपुरका सांसदले पनि आफ्नो जिल्लामा राजधानी माग गर्दै प्रदेशसभामा प्रस्ताव दर्ता गारइसकेका छन् ।
