समाचार
मालिक्नीको मृत्युको खबरले हप्तौँसम्म अस्पतालमा नै बस्यो यो कुकुर, कुकुरले शव कुरेको देखेर सबै भावविह्वल बने
एजेन्सी । हंगेरीको एक कुकुरले कैयौं हप्तासम्म आफ्नो मालिक्नीको मृत्यु भएको लामो समयसम्म शव कुरेर कुरेर बफादारीताको एउटा नमुना प्रस्तुत गरेको छ । आफ्नी मालिक्नीको प्राकृतिक मृत्यु भएको कैयौं हप्तासम्म शवलाई कुरेर बसेको एक कुकुरलाई उद्धारकर्मीहरूले फेला पार्दा कुकुर पनि निकै कमजोर अवस्थामा पुगेको बताइएको छ ।

जाजा नाम गरेको कुकुरलाई निकै कमजोर अवस्थामा फेला पारिएको बुडापेस्टस्थित अधीकारकर्मीले बताएका छन् । अधिकारीहरुले यस घटनालाई कुकुरको बफादारीको उदाहरण भएको भन्दै कुकुरको खुलेर मुक्तकण्ठले प्रशंसा गरेका छन् । मालिक्निको मृत्यु भएपछिनिरन्तर उनलाई कुरेर बसेको कुकुरको स्वास्थ्यमा अहिले भने सुधार आएको बताइएको छ


