समाचार

बिहेको तयारीमा रहेकी निशा मृत अबस्थामा फेला, मुख सुनिएकोले घटना शंकास्पद

बुटवल– रुपन्देहीको गौडहवा गाउँपालिकामा एक किशोरी मृत फेला परेकी छन् । फेला पर्नेमा गैडहवा गाउँपालिका वडानम्बर १ साँडिकाकी १९ बर्षीय सवनाम निशा रहेकी छन् । बिहेको तयारीमा रहेको निशा सोमबारदेखि हराएकी थिइन् ।

बुधबार बिहान उनको शव खेतको कुलोमा फेला परेको र हत्या भएको हुन सक्ने अनुमान स्थानियले गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रमुख एसपी हृदय थापाले मुख सुनिएको अवस्था भेटिएको छ ।

‘घटना केही शंस्कास्पद भएको बताएको छ । निशाको घर परिवारले बिहे गर्न केटासँग कुरा भइरहेको जनाएको छ । मृतकको पोष्टमार्टमका लागि काठमाडौं टिचिङ्ग अस्पताल पठाएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक युवालाई नियन्त्रमा लिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *