अ+
अ
अ-
भरतपुर, १३ जेठ । चितवनको भरतपुर विमानस्थलमा यति एयरलाइन्सको विमानमा चरा ठोक्किएको छ ।
चरा विमानमा ठोक्किएपछि यतिको विमानलाई भरतपुर विमास्थलमा आकस्मिक अवतरण गरिएको छ । भरतपुरबाट काठमाडौंका लागि उडेको यति एयरको जेट स्टिम विमानमा अपरान्ह सवा ४ बजे चरा ठोक्किएको विमानस्थलले जनाएको छ ।
उडेको केही क्षणमा नै जहाजमा भरतपुर रिजालचोकमाथि पुग्दा भगेरो चरा इन्जिनमै पसेपछि आकस्मिक अवतरण गरिएको यति एयरका भरतपुर शाखा प्रवन्धक राजेश सिंहले जानकारी दिए ।
यति एयरलाइन्सको नाइन एन एआइएस कल साइनको जहाजमा २२ जना यात्रु थिए । प्रबन्धक सिंहका अनुसार क्याप्टेन रमेश श्रेष्ठले जहाज उड्ने वित्तिकै इन्जिनमा चरा छिरेको आशंका गरेपछि तत्कालै भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गराएका हुन् ।


