
मुम्बई । राजस्थान राज्यमा २० वर्षअघि भएको कालो हरिण शिकार प्रकरणमा बलिउड अभिनेता सलमान खानलाई जमान मिलेपछि फेरि अर्को राहत मिलेको छ ।
मंगलवार सेसन कोर्टले सलमान खानलाई विदेश जाने अनुमति दिएको छ । यो आदेशसँगै अब सलमानलाई काठमाडौंमा जान बाटो खुलेको छ ।
सलमान खानले सेशन कोर्टमा आफ्नो पेशालाई निरन्तरता दिनका लागि अमेरिका, क्यानाडा र नेपालसहित चार देश जान अनुमति मागेका थिए ।
उनले अदालतसँग सम्बन्धित ती चार देशमा जान पाउने इजाजत मागेका थिए । अदालतले उनको निवेदन स्वीकार्दै नेपालसहित अन्य देशमा जाने बाटो खोलिदिएको हो ।
सेसन कोर्टले सलमान खानको जमानत स्वीकार गरेको समय बिना अनुमति विदेश जान रोक लगाएको थियो ।
अदालतले त्यो बेला बिना इजाजत देश नछोड्न आदेश दिएको थियो । साथै उनलाई अघिल्लो मिहना ७ तारिखमा अदालतमा हाजिर हुन पनि आदेश दिएको छ ।
राजस्थानको जोधपुर अदालतले सलमान खानलाई २० वर्ष पुरानो हरिण शिकार मामिलामा दोषी ठहर गर्दै पाँच सालको कैद सजाय सुनाएको थियो । उनीमाथि १० हजार रुपैयाँ जरिवाना पनि तोकिएको थियो । – एजेन्सी
