समाचार
मोटरसाईकल ट्रकमा ठोकिदा सुनसरीमा एकको मृत्यु, एक घाइते
झुम्का । सुनसरीको पूर्व पश्चित राजमार्ग स्थित त्रित्रिबनमा भएको सवारी दुर्घट्नामा एक जनाको मृत्यु भएको छ । को ७ प ५०३३ नम्बरको मोटरसाईकल ट्रकमा ठोकिदा मोटरसाईकल चालक रामधुनी–३ का २८ बर्षिय उमेश चौधरीको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम जादै गरेको ट्रकमा पश्चिमबाट पूर्व जादै गरेको थियो मोटसाईकल ठोकिदा चौधरीको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडी सवार उदयपुर जिल्ला गाइघाट ८ बस्ने वर्ष २२ का संगमराई घाइते भउका छन् । घाइते राईको उपचारकालागी विराटनगर नोबेल अस्पताल लगीएको जिल्ला प्रहरी कार्यलय इनरुवाले जनाएको छ । मृतक चौधरीको शव जिल्ला अस्पताल इनरुबामा राखीएकोे जिल्ला प्रहरी कार्यलय इनरुवाले बताएको छ । ट्रक र ट्रक चालक जिल्ला बारा निजगढ ८ बस्ने वर्ष ३३ का प्रकास प्रधानलाई जिल्ला प्रहरी कार्यलय इनरुवाको नियन्त्रणमा राखीएको जिल्ला प्रहरी कार्यलय इनरुवाले बताएको छ ।

