समाचार
शिक्षामन्त्री पोखरेल ठूलो दुर्घटनाबाट जोगिए

काठमाडौँ, ५ बैशाख । शिक्षामन्त्री गिरिराजमणि पोखरेल ठूलो दुर्घटनाबाट बचेका छन् । बिपी राजमार्ग हुँदै महोत्तरीको बर्दिवास जाँदै गरेका मन्त्री चढेको गाडी बा २ झ ३३९७ नम्बरको गाडीलाई टिप्परले ठक्कर दिएको छ ।
मंगलबार बा ४ ख ९४८६ नम्बरको टिप्परले ठक्करबाट मन्त्रीको गाडीको अघिल्लो भाग कुच्चिएको छ । मन्त्रीको गाडीलाई ठक्कर दिएपछि प्रहरीले टिप्पर र चालकलाई नियन्त्रणमा लिएको छ ।
टिप्परको ठक्करबाट मन्त्री चढ्ने गाडीमो क्षति भएको छ भने चालक घाइते भएका छन् । बिपी राजमार्गमा यात्रा गर्ने साना सवारी साधनले टिप्परको ठूलै समस्या झल्नु परिरहेको छ ।
पछिल्लो समय टिप्परको ठक्करबाट धेरै दुर्घटना हुने गरेका छन् ।


