समाचार
मेरो बाबालाई किन जलाउने ?
डोटी,२३ माघ । जिल्लाको शिखर नगरपालिका–११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मङ्गलबार निधन भयो । गाउँभरी सबैतिर रुवाबासी चलेको थियो ।

तर उहाँका सानो उमेरका अञ्जान छोरा अनिश जोरालाई भने यो कुरा अञ्जान जस्तै थियो । उनलाई के हुँदैछ भन्ने कुराको कुनै जानकारी पनि थिएन । घरबाट शव यात्रा शुरु भयो, बुबाको शवलाई काँध हाल्न गाउँलेले अनिशलाई सघाए ।
