समाचार

दक्षिण कोरियामा पूर्व प्रधान न्यायाधीशमाथि शक्तिको दुरुपयोग गरेको आरोप

सियोल,२८ माघ । दक्षिण कोरियाको सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश याङ सङ–ताईमाथि न्यायिक शक्तिको व्यापक दुरुपयोग गरेको भन्दै उहाँ विरुद्ध ४० वटाभन्दा बढी अभियोग लगाइएको छ ।सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश याङ विरुद्ध अभियोग लगाउनेसम्बन्धी तीन साताअघि आदेश दिएको थियो ।अभियोजन अधिकारीहरुले याङ विरुद्ध आठ महिनादेखि छानबिन गरिरहेको बताइएको छ ।

अभियोजन अधिकारीहरुले सर्वोच्च अदालतका अरु दुई जना अवकाशप्राप्त न्यायाधीशहरु पार्क बायाङ–डाई र को योङ–हान का विरुद्ध समेत अभियोग लगाएका छन् । उनीहरुलाई भने प्रहरी थुनामा राखिएको छैन ।प्रधान न्यायाधीश याङमाथि मुख्यतः पूर्व राष्ट्रपति पार्क गिउन–हे को सरकारमाथि जानाजान छुटहरू दिएको आरोप छ । उहाँ सन् २०११ देखि २०१७ सम्म दक्षिण कोरियाको प्रधान न्यायाधीश हुनुहुन्थ्यो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *