समाचार

डा केसीको अनशनबारे विज्ञबीच बहस

काठमाडौँ / प्राध्यापक डा गोविन्द केसीले चिकित्सासम्बन्धी विभिन्न सातबुँदे माग राखी जुम्ला पुगेर १५ औँ पटक अनशन शुरु गरेपछि उनले थालेको अनशन ठीक कि बेठिक भन्ने विषयमा चिकित्सा क्षेत्रका विज्ञबीच बहस भएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा केही विज्ञहरुले डा केसीमा माग अनुचित रहेको र यसले चिकित्सा क्षेत्रमा मेडिकल कलेज बाँच्न सक्ने स्थिति नभएको बताएका छन् भने कतिपयले डा केसीको माग पूरा नगरी मेडिकल कलेज खोल्न स्वीकृति दिन थालियो भने काठमाडौँको गल्लीगल्लीमा औषधि पसल जस्तै मेडिकल कलेज खुल्ने र विकृति आउने धारणा व्यक्त गरेका छन् ।

उनीहरुले केही मेडिकल कलेजले गल्ती गरेको हुनसक्ने तर सबै मेडिकल कलेज खराब तथा माफियाद्वारा संचालित भनी आरोप लगाउनु गलत भएको बताए । मेडिकल कलेजको अभावका कारण बर्सेनि हजारौँ विद्यार्थी विदेश पढ्न जान बाध्य भएको पनि उनीहरुले बताए । डेन्टल प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज एशोसिएसनका अध्यक्ष डा सुरेशकुमार कनौडियाले नेपालको मेडिकल कलेजको पढाइ भारतको भन्दा राम्रो तथा गुणस्तरीय रहेको बताउनुभयो । उहाँले यहाँ पढ्ने विद्यार्थीको पढाई शुल्क अन्य मुलुकको तुलनामा सस्तो रहेको र नेपालमा ७०० जनालाई मेडिकल शिक्षा दिइँदै आएको तर अरु हजारौँ विद्यार्थी विदेशमा पढ्न बाध्य भएको बताउनुभयो ।

मेडिकल व्यवसायी ओमप्रकाश अर्यालले देउवा सरकारले ल्याएको अध्यादेश संसद्ले पनि पारित गरिसकेको अवस्थामा वर्तमान सरकारले अध्यादेशलाई तोडमोड गरी नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने आशय लुकेको बताउनुभयो । उहाँले माथेमा आयोगको प्रतिवेदन सच्याउनुपरेमा सरोकारवालासँगको परामर्शपछि मात्र संसोधन गर्नुपर्नेमा सरकारले कसैसँग परामर्श नलिइकन विधेयक बनाएको बताउनुभयो । नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष निरज पौडेलले माथेमा आयोगको प्रतिवेदन संशोधन गर्न सम्बद्ध पक्षसँग अन्तक्र्रिया गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । ८० प्रतिशत निजी क्षेत्रलाई वेवास्ता गरी एकतर्फी विधेयक ल्याउनु नै नहुने बताउनुभयो ।

विएनसी मेडिकल कलेज, विर्तामोडका सन्चालक दुर्गा प्रसाईंले सबै मेडिकल व्यवसायी माफिया भन्ने डा केसीको भनाइ गलत रहेको बताउँदै आफूले पैतृक सम्पत्तिबाट मेची अञ्चलमा मेडिकल कलेज सञ्चालन गरेको र अझै पनि करोडौँ रुपैयाँ ऋण रहेको उल्लेख गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *