समाचार
दशगजा नजिकै भारतले खन्यो ट्रेन्च

काठमाडौं ११ माघ । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कञ्चनपुरको पुनर्वास नगरपालिका–११, डोकेबजार क्षेत्रमा भारतले एकतर्फी रूपमा तारबार र ट्रेन्च निर्माण गरेको छ । सीमासँगै जोडिएको दुधुवा राष्ट्रिय निकुञ्जका वन्यजन्तुलाई बस्तीमा जान नदिन र निकुञ्जको सुरक्षाका लागि भन्दै भारतले दशगजा क्षेत्रमा ट्रेन्च खनेको हो ।
‘भारतले दशगजानजिकै ट्रेन्च खनेर तटबन्धजस्तै अग्लो संरचना बनाइरहेको छ,’ पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले भने, ‘आफ्नै भूमिमा निर्माण गरे पनि यसले नेपालतर्फको बस्ती डुबानमा पर्छ ।’ उनले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ठूलै ट्ेरन्च निर्माण गरिरहेको बताए ।


