समाचार

कोरियामा १२घण्टा काम गरेर पनि समाजसेवामा समर्पित छन्अनिल

रिकेश बिश्वकर्मा(क्षितिज )

          सामाजिक अभियन्ता अनिल लामिछाने मगरको जन्म  स्याङ्जा जिल्ला चापाकोट वडा नम्बर ३ पिपलडाडामा  भएको थियो ।  उनि  बसाइ सरेर अहिले रुपन्देही जिल्ला देवदह ७ सितल नगरमा स्थाइ बसोवास गर्नुहुन्छ । र ,हाल रोजगारको सिलसिलामा कोरियामा रहनुभएको छ।

          उहाँले  २०७४ सालमा ‘मगर संसार फोटो ग्यालरी ग्रुप/’पेजका संस्थापक अध्यक्ष भएर एक सामाजिक अभियान्ताको रुपमा  काम  गर्न थाल्नुभएको थियो। उनै मगरको बिशेष सक्रियतामा आज सम। ‘ मगर संसार फोटो ग्यालरी ग्रुप / ‘पेजले १२६ जना दुखी ,गरीब  र बिरामीलाई सहयोग गरी सकेको बताउनुभयो।

          मगरको सहयोगले उनको ग्यालरी पेजले आज धेरै गरिब ,दुखी तथा असहायको चर्किएको घाउमा मलमपट्टि लगाउदै आएको छ। आफैले मगर सन्सार ग्रुप खोलेर उनी समाजसेवामा अगाडी बढेका थिए। उनको प्रयासमा  एक करोड १० लाख भन्दा बढी  नेपाली दीन  दुखीहरुलाइ  सहयोग गरेको दाबी गरेका छ्न।

             मगरले मृगौला फेल,ब्रेन ट्यूमर, खूटा काटिएका अपांग, आगोमा परेका ,रुखबात ढलेर  टाउकोमा  गम्भीर चोट पटक लागेका विरामीहरुलाई  सहयोग गरेका छन्।

              यस्तै  बोनम्यारो, बाढीपिडित , स्तन क्यान्सर, ब्लड क्यान्सर, रक्तचाप, छातीमा क्यान्सर, गीजा क्यान्सर, मुखमा क्यान्सर, छाला क्यान्सर,कलेजो बिरामी,मुटु रोगी,ट्यूमर पाठेघरका विरामीहरुले सहयोग पाएका छन्।

              अनाथ बालबालिकालाई बस्ने भवन निर्माण, टुहुरा बाबुनानीलाई छात्रावृत्ति दिईएको छ भने अपांग परिवारलाई घर निर्माण गर्ने कार्य उक्त अभियान टोलीले गरिरहेको छ।कोरोनाको समयमा अनाथ बालबालिका तथा बृद्धाहरुलाई मास्क र  सेनिटाइजर बितरण गरिएको थियो।(पोखरा र बुटवल दुई वटा  ),अस्पतालमा वेवारिसे लास उठाउन सहयोगी भुमिका निर्वाह गरेको पनि उनको भनाइ छ।

        गाड़ी दुर्घटना परेका , अंगभंग भएका , शरिर नचलेकाहरुलाई सहयोगलाई पनि उनीहरुको निरन्तर सहयोग रहदै आएको छ। 

मगर भाषाको किताब   निकाल्नको लागि सहयोग  र अछ्यकोष स्थापना गरि दृष्टि विहीन ,शरीरको मेरुदण्ड भाचिएका बिरामी,  टि बि र नशा रोगी लगायत अन्य धेरैलाइ सहयोग गरेको बताउनु हुन्छ।

           १२ घण्टा ड्युटी गरेर थकित शरीरलाई बाकी समय  गरीब बिरामिहरूको लागि समय दिन पाउदा खुसि लाग्छ। उनि भन्छन ‘आगामी दिनमा निस्वार्थ भावनाले सामाजिक सेवामा समर्पित हुनेछु ‘।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *