समाचार
देश विकास गर्ने शक्ति एमाले भएको जिकिर गर्दै ओलिले गरे देउवाको कटाक्ष

काठमाडौ ,
नेकपा एमालेका अध्यक्ष तथ पूर्वप्रधानमन्त्री केपि शर्मा ओलिले देश विकाश गर्न एमालेले जित्नु पर्ने बताउनु भएको छ।
आज पाेखरामा नेकपा एमालेले गरेकाे चुनावी सभालाई सम्बाेधन गर्दै ओलिले देशलाई विकाशकाे बाटामा परिवर्तन गर्न एमाले बाहेक अरुले जितेर विकास नहुने बताउनु भएको हो ।
गठबन्धन दललाई इंकित गर्दै ओलिले भन्नू भयो ” दलहरुले फरक फरक घाेषणा पत्र लिएर आएका छन् ।तर विकासकाे मुख्य एजेन्डा केहि छैन ।” सबैका घाेषणा पत्रमा एमालेकाे पुरानाे कुरा दाेहाेरिएकाे ओलिले आराेप लगाउनु भयो ।
प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले हिजो डडेल्धुरामा बाेलेकाे कुराकाे उत्तर दिदै उहाँले माओवादीको संगतले गर्दा देउवालाई बन्दुककाे दम्भ चढेको भनी कटाक्ष गर्नुभयो ।
प्रधानमन्त्री देउवाले दार्चुला गएर भाषण गरेर सिमा विवाद समाधान नहुने भन्दै ओलिलाई बन्दुक लिएर सिमानामा लड्न जाने हाे भनी प्रश्न गरेका थिए ।


