समाचार
रास्वपा काभ्रेकाे १३ सदस्यीय जिल्ला समिति चयन,सभापति प्रविन कुमार ढकाल

२०८३,जेठ२४ आइतबार
काभ्रेपलान्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेको जिल्ला अधिवेशनबाट १३ सदस्यीय जिल्ला समिति चयन गरिएको छ। जिल्ला अध्यक्षमा प्रविण कुमार ढकाल चयन हुनु भएकाे छ ।
उपाध्यक्षमा पुण्यमाता घिमिरे, सचिवमा गुणनिधी सापकाेटा तथा सहसचिवमा प्रकाश तिमल्सिना चयन हुनु भएको छ । पदाधिकारीसहित १३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको जनाइएको छ।
नवनिर्वाचित अध्यक्ष ढकालले संगठनलाई जिल्लाभर सशक्त बनाउँदै सदस्यहरूको हकहित र संस्थागत विकासका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। भेलाले आगामी कार्ययोजना, संगठन विस्तार तथा विभिन्न कार्यक्रम सञ्चालनका विषयमा समेत छलफल गरेको बताइएको छ।
समितिका अन्य सदस्यहरूमा तारा बहादुर कुवँर ,नबराज बाेलखे ,सरिता के सि , सुशिला खत्री ,साजन श्रेष्ठ , विकास ताेलाङ्गे , नगेन्द्र डाेटेल, जेन कुमार लामा र ङेमा लामा सहित उक्त समिति १३ सदस्यीय रहेको जानकारी दिइएको छ

