समाचार

जनताले न्यायलयकाे अनुभूति गर्न समय आयो: रास्वपा नेता भण्डारी

पुस२३ मंगलबार ,२०८१
काठमाडौ । नेपाल सरकार एउटा ब्यक्ति विरुद्ध सम्पूर्ण शक्ति प्रयाेग गरेर मैदानमा उत्रिनु न्यायिक प्रकृयाकाे निम्ति घातक भएको तर्क हुन थालेकाे छ। सहकारी ठगि आराेपमा प्रहरीले मुद्दा चलाएकाे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने विरुद्ध, सरकार र सरकारी संयन्त्र एकलौटी रुपमा पछाडी लागेको भन्दै रास्वपा नेताहरु असन्तुष्ट भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय मामिला विभाग सचिव बदन कुमार भण्डारीले सरकारसँग रविका विरुद्ध यथेष्ट प्रमाण नभएको बेला सभापति लामिछानेलाई सिद्याउने नियतले सरकार प्रस्तुत भएको आराेप लगाउनु भएको छ।` सरकारसँग पर्याप्त प्रमाण छैन । सभापतिकाे मुद्दा फितलो हुँदै गएको छ। फितलाे प्रमाणको भरमा राज्यले व्यक्तिविरुद्ध प्रतिशोध राखेर फसाउने प्रयास गर्नु न्यायिक प्रक्रियाकाे निम्ति घातक हुने छ, भण्डारीले भन्नुभएको छ। उहाँका अनुसार यस्तो प्रतिशाेध पूर्ण व्यवहार न्याय र जनताकाे विश्वास दुवैका लागि हानिकारक पनि हो । ´
न्यायालयले यस्ता विषयमा स्पष्ट र निष्पक्ष निर्णय दिई न्यायालय छ ,भन्ने अनुभूति जनतालाई दिलाउने समय अहिले नै भएको भन्दै सहि निर्णय लिन न्यायमुर्ति प्रती संकेत गर्नु भएको छ। राज्य वा सरकार विगतमा पनि एक व्यक्ति विरुद्ध लागेको घटना समरण गर्दै अहिलेकाे जटिल अवस्थाबाट प्रष्ट हुन सक्ने उहाँको आँकलन रहेको ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *