समाचार

भारत–पाक युद्धले नेपालको उडान प्रभावित

काठमाडौं १६ फागुन । भारत र पाकिस्तानमा भइरहेको युद्धका कारण पाकिस्तानको आकाश हुँदै नेपाल आवतजावत गर्ने विमानको उडान प्रभावित भएको छ। नेपाल उडान गर्ने कतार एयरवेज, टर्किस एयरलाइन्स र इतियाज एअरको उडान प्रभावित भएको हो।

पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो एयर रुटमा प्रवेश गर्न रोक लगाएको छ। सोही कारणले गर्दा पाकिस्तान हुँदै भारत भएर नेपाल आवतजावत विमानहरुको उडान प्रभावित भएको हो।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीका अनुसार कतार एअरवेजले बैकल्पिक रुटको प्रयोग गरेर उडान गरेको छ। तर, टर्किस र इतियाज एअरको उडान भने रद्द गरिएको छ।

कतार एयरवेजको विमान भने पाकिस्तानको आकाश छलेर बैकल्पिक रुटबाट उडेको छ। तिवारीका अनुसार बिहान ११ः३० उड्नुपर्ने विमान पाकिस्तानले रोक लगाएपछि बैकल्पिक रुटको प्रबन्ध मिलाउँदा दिउँसो मात्रै उडेको थियो।

त्यसैगरी टर्किस एयरलाइन्सको जहाज उडेको छैन्। बुधबार दिउँसो १२ बजे उड्नुपर्ने जहाज पाकिस्तानले रोक लगाएसँगै विमानस्थलमै थन्किएको छ। त्यसैगरी इतिहाद एअरवेजले पनि उडान रद्द गरेको छ। युएइको यो एअरवेजले नेपाल आउने उडान रद्द गरेको हो।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार पाकिस्तानको आकाश भएर भारतहुँदै नेपाल आवतजावत गर्ने जहाजलाई बैकल्पिक रुटबाट आवतजावत गर्न व्यवस्था मिलाउन लागेको बताए। ‘पाकिस्तानको आकाश भएर भारत हुँदै नेपाल आउन विमानलाई पाकिस्तानको आकाश प्रयोग नगरी अर्को बैकल्पिक रुटको व्यवस्था मिलाउँदै छौं,’ उनले भने, ‘कतार एअरवेयज बैकल्पिक रुटमार्फत उडिसकेको छ भने अरु जहाजलाई पनि त्यसैगरी विकल्प खोजेर उडाइन्छ।’ त्यसको लागि सरोकारवाला निकाय तथा देशसँग कुरा भइरहेको उनले बताए।

ती विमानहरुमा केही समस्या भएपनि आन्तरिक तथा पाकिस्तानको आकाश प्रयोग नगर्ने बाह्य विमानमा भने कुनै समस्या नभएको उनले बताए। बुधबारबाट मौसम समेत खराबी आएको छ। मौसम खराबीकै कारण ताप्लेजुनमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना भयो। उक्त दुर्घटनामा ७ जनाको ज्यान गएको छ। त्यो बाहेक आन्तरिक उडानमा भने कुनै समस्या नभएको महाप्रबन्धक क्षत्रीले जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *