समाचार
इ- सिगरेट काण्डमा अनुसन्धानका लागि महरा पक्राउ

काठमाडौं, असोज २६
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७३ लाख रुपैयाँ बराबरको इ–सिगरेट (Vapes) बरामद काण्डमा दाेषी नेकपा माओवादीका नेता कृष्ण बहादुर महरा पक्राउ परेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयको प्रशासन शाखाबाट जारी प्रेस विज्ञप्तिअनुसार, मिति २०७९/९ १० मा Fly Dubai को Flight number FZ0587 बाट नेपाल आएको चिनियाँ नागरिक LI HANSONG ले ल्याएको सामानमा सो परिमाणको इ–सिगरेट फेला परेको थियो । उक्त इ–सिगरेट नेपाल सरकारको गोदाम (स्टोर) मा राखिएको अबस्थामा प्रहरीले बरामद गरेको थियो । बरामद सामानको अनुमानित मूल्य रु. ७२ लाख ८५ हजार ३४० रहेको बताइएको छ।
विमानस्थलमा भएको प्रारम्भिक अनुसन्धानपछि सो प्रकरणलाई थप अनुसन्धानका लागि भन्सार ऐन, २०६४ तथा संगठित अपराध नियन्त्रण ऐन, २०७० अनुसार महरालाई आवश्यक कानूनी कारबाही अघि बढाइएको सिआइविले जनाएको छ।



