समाचार
‘नेकपा’मा होइन, व्यक्तिमा दम्भ र घमण्ड छः झलनाथ खनाल

काठमाडौं, २ असार । नेपाल कम्यनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले शीर्ष नेताहरूमा पलाएको दम्भ र घमण्डले ठूलो नोक्सानी हुने चेतावनी दिएका छन् ।
नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले शीर्ष नेताहरूमा पलाएको घमण्ड र दम्भ छिटोभन्दा छिटो अन्त्य हुनुपर्ने बताए ।
‘नेकपामा दम्भ र घमण्ड छैन’, उनले भने, ‘दम्भ र घमण्ड व्यक्ति हुन्छ । शीर्ष नेताहरूमा त्यसको छनक देखिएको छ ।’
नेता खनालले तत्कालीन वाम गठबन्धनको घोषणापत्रमा भनिए अनुसार बजेटमा कार्यक्रम नआएको स्वीकार गरे ।
‘घोषणापत्र अनुसारको बजेट आएको छैन । त्यो सत्य हो’, उनले भने, ‘निर्वाचनका बेला वृद्ध भत्ता पाँच हजार बढाएर हातहातमा पु-याउने भनेका थियौँ ।’
वरिष्ठ नेता खनालले वजेटले धेरै कुराहरू छुटाएको पनि बताए । उनले भने, ‘छुटेका कुरालाई समावेश गर्नुपर्छ । सुधार गर्नुपर्छ ।’
