समाचार
स्ववियु निर्वाचनमा अनेरास्ववियू काभ्रेको विभिन्न क्याम्पसमा जीत हासिल

काभ्रे । मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियनकाे निर्वाचनमा अनेरास्ववियू काभ्रेले विभिन्न पदमा जीत हासिल गरेकाे छ। जिल्लाकै ठुलाे क्याम्पस `काभ्रे बहुमुखी क्याम्पस´मा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका दुई सदस्य निर्वाचित भएका छन् ।
काभ्रे बहुमुखी क्याम्पसमा प्यानल सहित मित्रवत प्रतिस्पर्धा भएको थियो । जिल्लाका अन्य क्याम्पसमा भने अनेरास्ववियू (समाजवादी ), नेविसंघ( नेपाली काङ्ग्रेस )अखिल क्रान्तिकारी (माओवादी ) अनेरास्ववियु (एमाले) र विप्लव सि का विद्यार्थी संगठन बीच साझा सहमति भएको थियो ।
जिल्लाका १४ क्याम्पस मध्य काभ्रे बहुमुखी क्याम्पसमा मात्रै निर्वाचन भएको थियो भने अन्य क्याम्पसमा सर्वसहमत गरिएकाे थियो । काभ्रे बहुमुखी क्याम्पसमा (समाजवादी ) अनेरास्ववियूकाे तर्फबाट सन्ध्या गिरि र सुनिता गाेइत निर्वाचित भएका छन भने सर्वमङ्गला बहुमुखी क्याम्पस पाँचखालमा कोषाध्यक्ष समिता श्रेष्ठ सर्वसहमत निर्वाचित गराइएकाे थियो ।
यस्तै अन्य क्याम्पसहरुमा तेजगँगा क्याम्पस पनौतीमा कोषाध्यक्ष पुजा बजगाई,सदस्य सविता खत्री र इन्द्रेश्वर क्याम्पस पनौतीमा सदस्य बिवश श्रेष्ठ, प्रभा क्याम्पस चौरीदेउरालीमा सहसचिव विरेन्द्र दुलाल,सदस्य दिपा चौलागाईं सर्वसहमत निर्वाचित भएका छन् ।
जिल्लाका १३ क्याम्पसहरुमा अनेरास्ववियूकाे संगठन दर्ता भएको थियो, ती क्याम्पसहरुबाट उचित र सन्तोषजनक परिणाम आएको काभ्रे जिल्ला, माेर्चा संगठन प्रमुख भेषराज शाहले बताउनु भयो ।
अनेरास्ववियू काभ्रेका संयाेजक रामेश्वर आचार्यले ,परिस्थितिगत प्रतिकुलता,पार्टीका विभिन्न तहमा रहेर भूमिका निर्वाह गर्नु हुनेहरुकाे साथ ,सहयोगका बीच स्ववियु निर्वाचनमा केही विद्यार्थी नेताहरूलाई जिताउन प्रत्यक्ष, अप्रत्यक्ष भूमिका निर्वाह गर्ने प्रति आभारी व्यक्त गर्नु भएको छ।
टुकी नेटवर्कसँगकाे कुराकानीमा संयाेजक आचार्यले भन्नू भयो, ` `अन्तिम अबस्थामा हामीले जिल्लाका सबै क्याम्पसमा संगठन दर्ता गर्यौ । अन्य संगठनकाे, संगठन दर्ता गर्न नमानिएका क्याम्पसमा पनि हामीले सहजिकरण गरेका थियौ । जिल्लाका सबै क्याम्पसमा सहमतिबाट निकास खाेज्ने सल्लाह भयो । त्यहि अनुरुप काम गरियाे।´ उहाँले, आफ्नो भूगाेलका क्याम्पसहरुमा अनेरास्ववियू जिताउन लाग्ने पार्टी र भातृसंगठन का नेताहरुबाट आगामी दिनमा पनि सहयोगकाे अपेक्षा गर्नु भएको छ।
