समाचार
इनारमा रिङ हाल्ने क्रममा डुबेर २० वर्षीय रन्जितको मृत्यु
दाङ – इनारमा रिङ हाल्ने क्रममा डुबेर सोमबार एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा इनरुवा नगरपालिका(५, बलाहा घर भइ हाल घोराही उपमहानगरपालिका वडा नम्बर-१६, डेरा गरी बस्ने २० वर्षीय रन्जित मेहेता रहेका छन् ।

मेहता घोराही उपमहानगरपालिका वडा नम्बर(१६, सर्राका ठरालु चौधरीको घरमा इनारको रिङ हाल्ने क्रममा मृत्यु भएको हो ।इनारमा खसेर पानीमा घाइते भएका मेहेताको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो । उनको शब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
