समाचार

स्वर्गीय विदुर सापकाेटाकाे १३ अौ दिनकाे श्रद्धाञ्जली सभा काभ्रेमा

फागुन २० मंगलबार ,२०८१
काभ्रेपलान्चोक । नेपाली कम्युनिस्ट राजनीतिका अगुवा तथा वामपन्थी नेता स्वर्गीय विदुर सापकोटाकाे १३ अौ दिनकाे श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। आज नेकपा (एकीकृत सामाजवादी) काभ्रेको पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा आयाेजना गरिएको हो ।

स्वर्गीय सापकोटाको परिवारकाे उपस्थितिमा जिल्ला पार्टी कार्यालय काभ्रेले उहाँको सम्मानमा श्रद्धाञ्जली सभा गरेकाे हो । उक्त सभामा काभ्रे जिल्लाका अस्थित्वमा रहेक कम्युनिस्ट पार्टी ,नेपाली काङ्ग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता,कार्यकर्ता र शुभचिन्तककाे पनि बाक्लो सहभागी थियो ।

सभामा उपस्थित शुभचिन्तक सबै स्वर्गीय सापकोटाकाे याेगदानकाे उच्च मूल्यांकन स्वरुप तस्वीरमा माल्यार्पण गर्नुका साथै पुष्प गुच्छा चढाएर भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गरेका थिए। कार्यक्रममा कसैलाई पनि प्रमुख अतिथि बनाइएको थिएन।
उहाँकि धर्मपत्नी डाक्टर भारती भेटवाल र छाेरी विभा सापकोटाले तस्बिरमा माल्यार्पण गरिसके पश्चात अन्य उपस्थितले क्रमैसँग श्रद्वा सुमन ब्यक्त गरेका थिए।

साे सभामा नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय सचिव साबित्रा भूषाल , पुराना वामपन्थी नेता कृष्ण प्रसाद सापकोटा , शिव बहादुर देउजा, नेकपा एसका पाेलिटब्युराे सदस्य तथा काभ्रे इन्चार्ज टाेक बहादुर वाइवा, पाेलिटब्युराे सदस्य, बागमती प्रदेशका पुर्व मन्त्री तथा सांसद लक्ष्मण लम्साल , जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतम, काभ्रे जिल्ला अध्यक्ष बसुन्धरा हुमागाँई लगायत पदाधिकारीहरुकाे उपस्थित रहेको थियो ।

यस्तै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शिव हुमागाँई , नेकपा एमालेका जिल्ला अध्यक्ष राजन भूर्तेल , रास्वपा काभ्रे सभापति प्रविण ढकाल, नेता ताराबहादुर कुँबर, जे एन सापकोटा र अन्य बाम तथा कमन्युष्ट नेताहरु रहनु भएको थियो ।

श्रद्धाञ्जली सभामा स्वर्गीय सापकाेटाका समकालीन नेताहरुले उहाँको याेगदान र महत्त्वकाे चर्चा गर्नु भयाे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *