समाचार

हात्तीको आक्रमणबाट चितवनमा एकको मृत्यु

चितवन / पूर्वी चितवनको रत्ननगरमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–७ का ६२ वर्षीय कान्छो दराई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कामका लागि घरबाट सौराहा जाने क्रममा बाटोमा हिँडिरहेको अवस्थामा उहाँलाई आज बिहान ११ः४० बजे हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट दराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *