समाचार
कांग्रेसले रगतको आँसु चुहाउनुपर्छ, रविबारे नेकपा नेता चितवनमा गर्जीए
नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का युवा नेता पुन्य गौतमले परिवर्तनविरुद्ध बोल्नेहरुसँग सवै सचेत हुनुपर्ने बताएका छन । चितवनको भरतपुरमा पुगेर नेता गौतमले सञ्चारकर्मि रवि लामिछानेको समर्थनको नाममा परिवर्तन विरोधि नारा लागेको भन्दै सवैलाई सचेत हुन आग्रह गरेका हुन ।
उनले मुलुकमा करौडौ नेपालीको बलमा स्थापित गणतन्त्र, लोकतन्त्र र शिर्ष नेताहरु विरुद्ध नाराजुलुस हुनु दुखद भएको बताए । धमिलो पानीमा माछा मार्ने षड््यन्त्र भईरहेको भन्दै उनले मुलुकको परिवर्तनविरुद्ध बोल्ने अधिकार कसैलाई नभएको बताएका छन । उनले भने ‘रविको नाम देखाएर देशभर आगोबालेर परिवर्तन ठिक छैन भन्ने भ्रम छर्ने प्रयास गरीरहेको छ, यस्ले असफल राष्ट्र बनाउने खेल हुदैछ ।’
आज नेकपा नेतृत्वलाई परेको संकट भोली प्रतिगामिहरुले कांग्रेस विरुद्ध पनि उत्पन्न गराउने चेतावनी दिए । उनले भने ‘कांग्रेसले रगतको आँसु चुहाउने दिन आउनसक्छ, आज नेकपालाई परेको समस्या कांग्रेसलाई पनि पर्नसक्छ ।’रवि लामिछानेमाथि लागेको आरोपबारे सत्यतथ्य चाँडै पत्ता लगाउनुपर्ने बताएका छन ।

