समाचार

कथा वाचक देबी प्रतिभाले बाेलिन, नेपाल हिन्दु राष्ट्र रहने छ

१२ साउन,२०८१
काभ्रेपलान्चोक । नेपालमा जन्मिएर भारतलाई कर्मभूमि बनाएकी प्रसिद्द कथावाचिका देवी प्रतिभालाई काभ्रेमा अभिनन्दन गरिएको छ। उहाँ भारतबाट नेपालकाे पाशुपत क्षेत्रमा चलिरहेको काेटीहाेम महायज्ञमा कथा वाचन गर्न नेपाल आइपुग्नु भएको थियो । साेहि अबसरमा उहाँलाई जन्मस्थान काभ्रे जिल्लामा स्वागत गरिएको हो।

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा जन्मिएर कथा वाचनकाे क्षेत्रमा प्रसिद्दि कमाएकी देवि भारतमा चर्चित हुनुहुन्छ । काभ्रेको ऐतिहासिक पवित्र स्थल पनौती नगरपालिकामा रहेको इन्द्रेश्वर महादेवकाे दर्शन गरेर देवी प्रतिभाले सनातन हिन्दु धर्मको रक्षा र संरक्षणमा सबै लाग्नु पर्ने बताउनु भएको छ। उहाँले , नेपाल हिन्दु धर्म र राष्ट्र थियो , हिन्दु धर्म नै छ, अब पनि हिन्दु राष्ट्र नै रहने ठाेकुवा गर्नु भएको छ।

देवी प्रतिभाले पनौतीमा साक्षत इन्द्रकाे बासस्थान भएकोले इन्द्रेश्वर रहन गएको तथ्य खुलासा गर्दै भारत र भारतका धेरै राज्यहरुमा पनौतीकाे ऐतिहासिक महत्त्वकाे बारे प्रचार गर्ने बताउनु भएको छ। उहाँलाई पनौती नगरपालिकाले एक कार्यक्रम आयाेजना गरि सम्मान सहित अभिनन्दन गरेको हो । यस्तै भाेली १३ गते उहाँको जन्मस्थान रहेको मण्डनदेउपुर नगरपालिकाले सम्मान तथा अभिनन्दन गर्ने नगरपालिका कार्यालयले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *