समाचार
बाग्मती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री हुमागाँइद्वारा आफ्नो कार्य सम्पादन प्रगति विवरण सार्वजनिक

पुस , १८
काभ्रेपलान्चोक । बाग्मति प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाँइले एक वर्षे कार्यकालको अवधिमा गरेका कामको सार्वजनिक गर्नु भएको छ। मन्त्री हुमागाँइले आफ्नो कार्यकालमा भएका कामको प्रगति विवरण सहित उपलब्धि र त्यसका सवालहरुकाे कार्य विवरण प्रस्तुत गर्नु भएको हो ।
गत साल पुस २८ गतेदेखि मन्त्रीको जिम्मेवारी सम्हाल्नु भएका हुमागाँइकाे कार्यकालमा कृषि र किसानकाे हकहितमा ३४ वटा महत्त्वपूर्ण निर्णय भएका छन र कार्यान्वयनकाे पक्षमा रहेका छन ।प्रदेशमा कृषिको आधुनिकरण ,व्यवसायिकरण , यान्त्रिकरण र अौघाेगिकरणमा अग्र स्थानमा रहेको प्रगति विवरणअनुसार प्रस्ट देख्न सकिन्छ । साथै उहाँले गर्नु भएका कामकाे महशुस कृषकले नजिकबाट गर्न पाएकाे बताईन्छ।
आत्मनिर्भर कृषि समृद्व प्रदेशकाे अवधारणा अनुसार अनुदानलाई व्यवस्थित बनाउन बीउ पुजि काेष कार्यक्रम र दुधमा सिधै बैक मार्फत किसानलाई ५ रुपैयाँ अनुदान दिने निर्णय कार्यन्वयनमा आएको छ। प्रदेशकाे विभिन्न जिल्लामा नाफा मुलक कृषि कृषककाे संवृद्वि सहित किसानलाई परिचयपत्र वितरण कार्यविधि २०७९ राजपत्रमा प्रकाशित भइसकेको छ। कृषकलाई विपतकाे समयमा राहत दिने र एकवडा एक पशु स्वास्थ क्लिनिक स्थापना गर्न वाेलपत्र आब्हान गरिएको छ। यसरी माटो गुणस्तर सुधार गरि प्राङ्गारिक मललाई प्राथमिकता दिने उदेश्यले विभिन्न कार्यक्रम संचालन भएका थिए । काभ्रेको भुम्लु गाउँपालिकाले मन्त्री हुमागाँइकाे प्रमुख आतिथ्यमा जैविक मल बनाउने कार्यशाला कार्यक्रम गरेर उदाहरणीय काम गरेको थियोे ।
यसरी मन्त्री हुमागाँइकाे कार्यकालमा कृषि अौजार कारखान स्थापना गर्न अावेदन संकलन भएको थियोे । साथै कृषि र कृषकका हितमा भएका अन्य कार्यकाे विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको थियोे ।
