समाचार
संविधान, लोकतन्त्र र न्यायको रक्षा गर्न गठबन्धनको आवश्यकता -नेता लम्साल

काभ्रेपलाञ्चोक,
प्रतिनिधिसभा क्षेत्र नं २ संघीय प्रदेशसभा ‘क’ अन्तर्गत बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लक्ष्मन लम्सालले गठबन्धनका तर्फबाट कहिले पनि धोका नहुने विश्वास व्यक्त गर्नुभएको छ। आज धुलिखेलमा उमेरद्वारी दर्ता गर्ने र्यालीमा सहभागी हुँदै नेता लम्सालले संविधान ,गणतन्त्र र जनताको न्याय र सुशासनलाई जोगाउनका लागि गठबन्धनको आवश्यकता परेकाले कोही, कसैले पनि आपसमा असहयोग गर्ने वातावरण नभएको बताउनुभएको हो।
आफू गठबंधनको साझा उम्मेदवार भएकोले आगामी दिनमा पनि नेपालको संविधान, लोकतन्त्र र न्याय क्षेत्र बचाउनका लागि गठबन्धनको अझै पनि आवश्यकता रहेको छ। उहाँले भन्नुभयो ‘ गठबन्धनबाट कुन व्यक्ति वा पात्र उमेरद्वार भएको छ भन्नेतिर लाग्ने होईन ।हामीले गरेको विकास र रुपान्तरणका लागि खेलेको भूमिकालाई मूल्याङ्कन गरी मंसिर ४ को निर्वाचनमा जनताले विजयी गराउने छन् ।
हाम्रो पार्टी विद्रोहबाटआएको पार्टी हो ।यसले सधैं जनताको न्यायको पक्षमा वकालत गर्ने गर्दछ ।जनताको घरदैलो र मनमनमा बस्न सफल भएको छ । हामी सधै जनताको साथमा छौं, दुःख पीरमर्कामा हामीले साथ ,सहयोग दिदै आएका छौं। तसर्थ हामीलाई पनि जनताले विश्वास गर्नेछन् उहाँको भनाइ थियो।
नेता लम्सालले सबै पार्टीका नेता, कार्यकर्ता र जनताहरु आफ्नो लागि बराबर रहेको बताउनुभयो । उहाँले भन्नुभयो जब जब देशमा अप्ठ्यारो परिस्थिति सिर्जना हुन्छ र नेतृत्व स्खलित हुँदै जान्छ त्यतिबेला यो दल र त्यो दल नभनिकन समग्र राष्ट्रहितका लागि सबै दलहरु एकै कित्तामा उभिएको इतिहासलाई हामीले बिर्सनु हुन्न।

