समाचार

धनकुटाको जंगलबाट ८ किलो गाँजा बरामद

धनकुटा / धनकुटाको शहीदभुमी गाउँपालिका-२ अखुवाटार जंगलबाट प्रहरीले मंगलवार ८ किलो लागूऔषध गाँजा बरामद गरेको छ । अपरान्ह ४ बजेको समयमा सोही जंगलमा रहेको बाँसको झ्याङमा प्लाष्टिकको बोरामा सेउलाले छोपेर वेवारिसे अवस्थामा राखिएको उक्त परिमाणको गाँजा बरामद गरेको हो । बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ भने सो सम्बन्धमा थप अनसुन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *