समाचार

सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा नयाँ रेकर्ड कायम गर्दै

काठमाडौँ ९ साउन : बहुमूल्य धातुका रुपमा रहेको सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा यो हप्ता मात्र ४.२ प्रतिशतले बढेर प्रतिअउन्स एक हजार ८८८ डलरमा पुगेको छ। जुन सेप्टेम्बर २०११ पछिको उच्च मूल्य हो। यससँगै हालसम्मकाे उच्च मूल्य (प्रति अउन्स एक हजार ९२० डलर) सँगकाे दूरी साँघुरिँदै गएकाे छ।

कोरोना महामारीको अनिश्चितता, अमेरिका र चीनका बीचको तनाव र अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले लगानीकर्ताहरु सुरक्षित लागनीका रुपमा सुनतर्फ आकर्षित हुदाँ सुनको मूल्यमा अत्याधिक वृद्धि भइरहेको बताइएको छ।

यसैगरी, कोरोनाको कारणले अन्य लगानीको क्षेत्र नभएको र बजार अस्थिर र अनिश्चित भइरहेको कारण सुनको भाउ बढ्दै गएको हो।

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा यसको प्रत्यक्ष असर नेपालको सुन बजारमा पनि देखिएको छ। नेपालमा पनि सुनको मूल्यले दिन–प्रतिदिन नयाँ रेकर्ड कायम गरिरहेको छ। नेपालमा यस साता मात्र सुनको मूल्य ३ हजार ३०० रुपैयाँले बढिसकेको छ।मेरोलागानी/File Photo

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *