समाचार
विश्वको सबैभन्दा ठूलो विमानले अमेरिकाबाट पहिलो उडान भर्यो, विमानको आकार छ अमेरिकी फुटबल मैदान बराबर
काठमाडौं । विश्वकै सबैभन्दा ठूलो विमानले अमेरिकाबाट पहिलो उडान भरेको छ ।३ सय ८५ फिट लम्बाई भएको यो बिमानले मेरिकाबाट पहिलो उडान भर्ने भएको हो । यो बिमानको आकार अमेरिकी फुटबल मैदान बराबरको रहेको छ ।यस बिमानमा दुईवटा एअरक्राफ्ट बडी एकआपसमा जोडिएका छन् भने विमानमा ६ वटा इन्जिन छन् ।

अन्तरिक्षमा सेटेलाइट छोड्नु अघि १० किलोमिटरसम्म उडान गर्ने उद्देश्यका साथ यो विमान निर्माण गरिएको बताइएको छ ।स्ट्रेटोलन्च नामक कम्पनीअन्तर्गतको माइक्रोसफ्टका सहसंस्थापक पल एलनले सन् २०११ मा बनाएको यो बिमानले अहिले पहिलो उडान भरेको हो ।
समाचारमा जनाइए अनुसार यदि यो सफल भयो भने अन्तरिक्षमा कुनै सामान पठाउन रकेट पठाउन भन्दा पनि सस्तो र सुलभ हुने छ ।पहिलो उडानमा नै यो बिमान १५ हजार फुटको उचाइमा गएको र यसको अधिकतम गति १ सय ७० माइल प्रतिघण्टा रहेको छ ।


