समाचार

३ दिनको मौसम कस्तो होला ? आज यि नदीहरुमा बाढी आउन सक्ने, सर्तक रहन आग्रह

काठमाण्डौ – काठमाडौ उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम आशिंकदेखि सामान्य बद्ली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिन सक्रिय रहेको मनसुन विस्तारै कम सक्रिय हुँदै गएको हो । बगांलको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सुदूर पश्चिमका केही भूभागमा परेकाले अहिले पनि सुदूर पश्चिमका केही ठाउँमा पानी परिरहेको महाशाखाले उल्लेख गरेको छ ।

यसैबिच आज देशका विभिन्न ठाउँमा पानी परिरहेकाले बाढी आउन सक्ने भन्दै सतर्क रहन सबैमा अपिल गरिएको छ । पानी पर्ने सम्भावना कायमै रहेकाले नदी तटीय क्षेत्रमा सतर्क भएर बस्न महाशाखाले आग्रह गरेको हो । आज विशेष गरी ताप्लेजुङ, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा र लमजुङ जिल्ला तथा यस आसपासका जिल्लाका नदी तथा खहरेको बहाव उल्लेख्य बढ्ने देखिएकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *