समाचार
म सरकारमा आएपछि लुम्बिनीको विकासले गति लिएको छ : प्रधानमन्त्री ओली
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कहिल्यै हिंसातर्फ नफर्किने बताएका छन् । शनिबार २५६३ औं बुद्ध जन्यतीको अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
ओलीले केही वर्ष हिंसा भएपनि त्यसको व्यवस्थापन भइसकेको भन्दै अब देश हिंसातर्फ कदापी नजाने रगए पनि समाधान नहुने बताए ।दुनियाँलाई शान्ति र सुमार्गको बाटोमा हिँडाउन बुद्धको दर्शनले प्रेरित गरेको र भविस्यमा बुद्ध दर्शनप्रति थप आकर्षण बढ्ने बताए ।
सन् १९९९ देखि संयुक्त राष्ट्रसंघले पनि बुद्ध जयन्तिलाई ‘वैशाख डे’ को रुपमा मनाउन सुरु गरेको भन्दै उनले बुद्धको जन्मबारे भ्रम नरहेको बताए । आफू सरकारका आएपछि लुम्बिनीको विकासले गति लिएको प्रधामन्त्रीको दाबी छ । ‘ओलीले लुम्बिनीको विकासको साथसाथै लुम्बिनी, कपिलवस्तु र रामग्रामलाई जोडेर ग्रेटर लुम्बिनीको रुपमा विकास गरिने बताए ।



