समाचार

बकर ईदमा सार्वजनिक विदा दिन सरकारसँग माग

काठमाडौं, ५ भदौ। राष्ट्रियसभाका सांसदहरुले मुस्लिम समुदायको महान पर्व बकर ईदमा सार्वजनिक विदा दिन सरकारसँग माग गरेका छन्।
राष्ट्रियसभाका सांसद कविता बोगटीले मुस्लिम समुदायको महान पर्व बकर ईदमा सार्वजनिक विदा दिन सरकारसँग माग गरेकी हुन्।
बकर ईद पर्व बुधबार मनाइँदै छ। सांसद बोगटीले दशैं जस्तै मुस्लिम समुदायको महान पर्व बकर ईदमा सार्वजनिक विदा दिन सरकारको गम्भिर ध्यानाकर्षण गराइन्। मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले विभिन्न समुदायको पर्वमा सरकारले सार्वजनिक विदा कटौती गरेर गल्ती गरेको दावी गरिन्।

सांसद उदया शर्मा पौडेलले ललितपुरको खुमलटारमा रहेको रेडियो नेपालको ८० रोपनी जग्गा भाडामा दिएकोमा आपत्ति जनाउँदै तत्काल फिर्ता लिन पनि सरकारको ध्यानाकर्षण गराइन्। उनले विभिन्न बहानामा कर वृद्धि गरिएको उल्लेख गर्दै फिर्ता लिन पनि सरकारसँग जोडदार माग गरिन्।

सांसद अनिता देवकोटाले वर्षात्को मौसममा आवागमनमा समस्या भएको भन्दै दाङको खोलाहरुमा पुल निर्माण गर्न सरकारलाई सचेत गराइन्। उनले दाङमा मापदण्ड विपरित संचालनमा रहेका सिमेन्ट उद्योग हटाई दिन पनि सरकारसँग माग गरिन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *