समाचार

मनसुन पुनः सक्रिय, देशभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं : केही दिनदेखि कमजोर रहेको मनसुन आजबाट पुन सक्रिय भएको छ। मनसुनी न्यूनचापीय रेखा तराईमा अवस्थित रहेकाले बुधबार पुन: देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “मनसुनी ट्रफ घरी तल घरी माथि भइरहने हुन्छ । उक्त प्रणाली तल रहेमा नेपालमा मनसुन सक्रिय हुन्छ र वर्षा हुन्छ”

नचापीय रेखा नेपाल प्रवेश गरेको र बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा र स्थानीय हावाको प्रभावले आज देशको धेरैजसो स्थानमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेको मौसम विद् विभुतै पोखरेलले बताए। हाल देशका मध्य तथा पूर्वी भू–भागमा सामान्य देखि पूर्ण बदली भई केही स्थानमा वर्षा भइरहेको छ र पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा वर्षा भइरहेको छ ।

मौसमविद् पोखरेलले भने, सम्भाबित वर्षका कारण तराई तथा चुरे क्षेत्रमा मनसुनी वर्षाको प्रभाव बढी पर्ने देखिएकाले आज चितवन, पर्सा, बारा, मकवानपुर, नवलपुर, परासी, पाल्पा, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्नपुर झापा, मोरङ, सुनसरीलगायत प्रदेश १, २, ३, र ५ गण्डकी चुरे र पहाडबाट बहने साना नदीमा उच्च बहावको सम्भावना रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *