समाचार

कसैलाई देवत्वकरण गरेर मात्रै परिवर्तन नहुने नेता लम्सालको भनाई

काभ्रे,

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लक्ष्मण लम्सालले कुनै अमुक व्यक्तिलाई देवत्वकरण गरेर मात्रै परिवर्तन नहुने बताउनुभएको छ।

बाम लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन कमिटीले गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै नेता लम्सालले कुनै एक व्यक्तिलाई अन्धभक्त भएर महादेव आउनुभयो, अब चमत्कार हुन्छ भन्दै प्रचारबाजी गर्नु आफैंमा एउटा भ्रम भएको बताउनुभएको हो।

पत्रकारहरुले गरेका प्रश्नहरुको उत्तर दिने क्रममा नेता लम्सालले राजनितिक प्रतिशोध राखेर गरिएको प्रचार बाजी कहिल्यै सफल नहुने बताउनुभयो।

उहाँले भन्नुभयो ” हाम्रो निर्वाचन क्षेत्रमा प्रदेश सरकारको सहयोगमा गरिएको विकास निर्माणका कामहरुलाई विपक्षी दलका केही व्यक्तिहरुले जस लिनका लागि प्रोपोगान्डा मच्चाएर प्रचार गरिरहेका छन्। त्यस्तो गलत मानसिकता राखेर प्रचारप्रसार गर्दा जनतालाई सधै झुक्याउन नसकिने भन्दै संचारकर्मीहरुलाई सचेत गराउनु भएको थियो।

 

नेता लम्साललाई तपाईंले पाँच वर्षमा विकास निर्माणका के के? काम गर्नुभयो भनी प्रश्न गरिएको थियो। त्यसको उत्तर दिंदै नेता लम्सालले आफ्नो क्षेत्रमा गरेको विकासको फेहरिस्त विवरण प्रस्तुत गर्नुभएको थियो। र ,भावी योजनाका बारे पनि पत्रकारहरु माझ आफ्नो धारणा प्रष्ट पार्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *