समाचार

घरमा श्रीमती बाहिर प्रेम : ‘युवतीसंगै युवकले पनि गरे आत्महत्या’

भक्तपुर / भक्तपुरको बोडेमा एक जोडीले आत्महत्या गरेका छन् । आत्महत्याको कारण सुन्दा पनि अचम्म लाग्ने छ । घरमा श्रीमती र २ बर्षकी छोरी भएका युवाको अर्की केटीसँग प्रेम सम्वन्ध दुवैको लागि मृत्युको कारण बन्न पुगेको छ ।

बोडेमा कोठा गरी बस्ने सिन्धुपाल्चोक जिल्ला बाह्रबिसेका २१ वर्षे जीवन र रामेछाप जिल्लाका बेथान घर भई हाल जीवनसँग बस्दै आएकी १८ वर्षकी मंगली घिसिङ्गले मंगलबार आफैनै कोठामा झुण्डेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार जीवनकी श्रीमती रितु तामाङले श्रावण ११ गते ‘आफ्नो श्रीमान अर्की केटीसँग लागेर आफूलाई हेरेनन् उनलाई झिकाई आवश्यक कारवाही गरी पाउँ’ भनी उजुरी दिएकी थिइन् । प्रहरीले उनलाई झिकाएर अवदेखि रितुसँग नै बस्ने तथा उनलाई लागाउन खान ब्यवस्था समेत गर्ने प्रतिवद्दता गर्दै उनी प्रहरीबाट श्रीमती सँग नै निक्लेका थिए ।

बाहिर निक्लेपछि श्रीमतीलाई एक हजार दिदै आफू केहि समयमा आउँछु भनेका श्रीमान आफ्नी प्रेमिक सँगै झुण्डेको अवस्थामा मंगलबार फेला परेका प्रहरीले जनाएको छ ।

जिवन तामाङ्ग पेशाले सवारी चालकको काम गर्ने गर्दथे । महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाले यो घटनाबारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।दुबैको शव पोस्र्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *