समाचार

भष्ट्रचार बढेको र ढिला सुस्ती भएको भन्दै नगरपालिकामा नेकपाद्वारा तालाबन्दी

बाग्लुङ । बागलुङ नगरपालिकका नगरप्रमुख जनकराज पौडेल र प्रमुख प्रशासकिय अधिकृत भिमबहादुर कुँवरको कार्यकक्षमा नेकपाका नेताले तालाबन्दी गरेका छन ।नगरपालिका भष्ट्रचार बढेको र ढिला सुस्ती भएको भन्दै तालाबन्दी गरेको नेकपाका नेता कृष्ण पाठकले बताए । नगरपालिकाको नगरप्रमुखमा नेकपाले नै जितेको छ । पछिल्लो समयमा नगरपालिकाले जनतालाई धेरै दुःख धेरै दिएकाले तालाबन्दी गर्न बाध्य भएको पाठकको भनाई छ ।

‘सयौं विकृतिहरु बढेको छ,’ उनले भने, ‘फोहोरको डंगुरलाई सफा नगरे सम्म नगरपालिकाको अवस्था सुध्रिदैन् ।’ पाठकले जनताको नाममा आएको दश करोड बजेट नगरपालिकाले नियतबस फ्रिज गरेको आरोप लगाएका छन । अर्थ मन्त्रालयबाट गत फागुन पहिलो साता पठाएको बिशेष अनुदानको बागलुङ नगरपालिकाको पैयुँपाटा भैरवस्थान सडक कालोपत्र गर्न आएको समपुरक बजेट ७ करोड र थप अनुदानको ३ करोड फ्रिज गरेको पाठकले आरोप लगाए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *