समाचार

जब एकाबिहानै कुचो बोकेर सडकमा सफा गर्न निस्किए मन्त्रीहरु

काठमाडौं– विश्व वातावरण दिवस–२०१९ को अवसर पारेर ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टर परिसरको सरसफाई गरिएको छ । वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा आइतबार बिहान क्वार्टर परिसर क्षेत्रको सरसफाई गरिएको हो ।
सरसफाइको नेतृत्व कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले गरेका थिए भने सरसफाइमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, अर्थमन्त्री युवराज खतिवडा, विभिन्न मन्त्रालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीको समेत सहभागिता रहेको थियो ।

मन्त्रालयले यो वर्ष ‘स्वच्छ वायु स्वस्थ जीवन’ भन्ने नाराका साथ साताव्यापी रुपमा विविध जनचेतनामुलक कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *